गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै लाभ लिन खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै गठी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गृहमन्त्री लेखकको पिए हुँ भन्दै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीका करनसिंह विष्टलाई प्रहरीले काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।
गृहमन्त्री लेखकको सचिवालयले नक्कली पीएको विषय सचिवालयमा आएपछि विष्टको बारेमा जानकारी लिइरहेको थियो। सचिवालकै आग्रहमा उनलाई पक्राउ गरिएको हो।
गृहमन्त्रीको सचिवालयले विभिन्न क्षेत्रमा पीए/सल्लाहकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरूबाट सतर्क रहनसमेत आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
