सैनिक भर्ना उमेर घटाउने अमेरिकी आह्वान युक्रेनले गर्‍यो अस्वीकार

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पुरुष सैनिक भर्ना उमेर यसै वर्ष २७ बाट २५ वर्षमा झारेका थिए। अझै घटाउने अनुरोध भने उनले अस्वीकार गरेका हुन्।

युक्रेनले रुससँगको युद्धका लागि सैनिक भर्ना उमेर घटाउने अमेरिकाको आह्वान अस्वीकार गर्ने निर्णय गरेको छ।

फ्रन्टलाइनमा जनशक्तिको अभावलाई कम गर्न वासिंटनले किएभलाई वर्तमान उमेर २५ बाट १८ वर्षमा झार्न दबाब दिइरहेको छ। “हाम्रो स्थिति सकेसम्म पारदर्शी छ, हामी परिचालन उमेर घटाउने छैनौँ,” नाम नबताउने सर्तमा एक अधिकारीले भने।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पुरुषको भर्ना उमेर यसै वर्ष २७ बाट २५ वर्षमा झारेका थिए। अझै उमेर घटाउने अनुरोधलाई भने उनले अस्वीकार गरेका हुन्।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि रुसी सेनाले पूर्वी मोर्चामा आक्रमण बढाउने र दुवै पक्षले माथिल्लो हात सुरक्षित गर्ने प्रयास गरिरहेका छन्।