जैविक विविधतामा धनी र प्राकृतिक रुपमा सुन्दर डोल्पा पर्यटकको रोजाइमा पर्छ । यातायातको पहुँचको कमीले गर्दा स्थानीय उत्पादनको बजारीकरण र पर्यटकको आवागमनमा समस्या भइरहेको छ ।
डोल्पा- डोल्पामा दुई वर्ष पहिले सञ्चार सुविधा थिएन, अहिले भने इन्टरनेट सेवा पुगिसकेको छ। जैविक विविधतामा धनी र प्राकृतिक रूपमा सुन्दर डोल्पा पछिल्लो समय पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ।
डोल्पोबुद्ध गाउँपालिकाको सुन्दर फाँट धो, उपल्लो डोल्पाको चर्चित स्थान हो। धोमा अहिले उवा पाकिरहेको छ। वर्षमा एकपटकमात्र उब्जनी हुने उवा उपल्लो डोल्पाको मुख्य खाद्यबालीसमेत हो। हिउँदमा हिउँले ढपक्कै ढाक्ने उपल्लोे डोल्पामा गर्मी तथा वर्षायाममा मात्र खेती हुन्छ। धो, छार्कामोट, सिमेन, फोक्सुण्डो, कुलगायतका २३ वटा गाउँमा आगामी सातादेखि उवा भित्राउन शुरु हुन्छ।
वर्षायामको झरीसँगै उपल्लो डोल्पाको फोक्सुण्डो ताल, पौराणिक गुम्बा, हिमालयको मनमोहक दृश्य हेर्न विभिन्न मुलुकबाट पर्यटक डोल्पा पुग्छन्। धोस्थित स्टार माउण्टेन होटलका सञ्चालक प्रेमा दोर्जे पाहुनाको स्वागत, सत्कारमा व्यस्त छन्। उनले पाहुनालाई पर्यटकीय क्षेत्रको जानकारी गराए।
डोल्पामा स्थलमार्ग हुँदै घुम्न जानेको सङ्ख्या दुई हजारभन्दा बढी रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ। उपल्लो डोल्पा वर्षेनी विभिन्न मेला तथा महोत्सवसमेत हुने गर्छन्।
नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुण्डो यही छ। यो निकुञ्ज मुगुसम्म फैलिएको छ। यहाँ हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली वन्यजन्तु पाइन्छन्। डाँफे, मुनालसहित २०० प्रजातिका पक्षी, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीसमेत पाइन्छन्।
काञ्जिरोवा दक्षिण हिमाल, सिकाल्पो खाङ, वेज हिमशिखर र धेरै हिमनदीले उपल्लो डोल्पालाई अनुपम र प्राकृतिक रूपले थप सुन्दर बनाएका छन्। यस्तै, तिब्बती बौद्ध धर्मको शिक्षा पाइने एघारौँ शताब्दीको शे गुम्बासमेत यही छ। त्यसैले पनि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई विश्वसम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ।
चीनसँग सिमाना जोडिएको उपल्लो डोल्पामा मुस्ताङबाट समेत सडक जोड्ने प्रयास जारी छ। गण्डकी प्रदेशको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला सडक सञ्जालमा जोड्ने प्रयास भइरहेको छ। यस्तै, भेरी करिडोरअन्तर्गत नेपाल र भारतको सिमाना जमुनाह-सुर्खेत, जाजरकोट हुँदै डोल्पा र तिब्बत जोड्ने त्रिदेशी सडक निर्माण भइरहेको छ। जाजरकोटदेखि डोल्पासम्मको सडकमा स्तरोन्नति र कालोपत्रे गर्ने काम भइरहेको छ।
पर्यटकीय रुटका रूपमा स्थापित यो सडक बनेसँगै मध्य डोल्पामा निर्माणाधीन जलविद्युत् आयोजनालाई सहयोग त पुग्छ नै पर्यटकको चहलपहल थप बढ्नेछ। उपल्लो डोल्पा यातायातमा जोडिएसँगै स्थानीय जडीबुटी र स्याउले बजार पाउनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
