चलचित्र बाबरी प्रदर्शनमा आएको छ। मूलतः युवापुस्ताबिचको प्रेम सम्बन्धमा आधारित चलचित्र सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। चलचित्रमा धिरज नाडकर र अदिति बुढाथोकीको अभिनय छ।
काठमाडौँ- फ्राइडे फिल्मअन्तर्गत ‘बाबरी’ प्रदर्शनमा आएको छ। त्रिकोणात्मक प्रेमकथामा आधारित सुरेन्द्र पौडेलको निर्देशनमा तयार फिल्ममा अदिति बुढाथोकी शीर्ष भूमिकामा छन्। उनले विजेता उर्फ बाबरी, धिरज मगरले विक्रान्त र धिरज नाडकरले रोनिसको भूमिका निर्वाह गरेका छन्।
पूर्वी नेपाल लेटाङ र सिक्किमको गान्तोकमा छायाङ्कन गरिएको बाबरीमा युवापुस्ताको प्रेम देखाइएको छ। विजेता आफ्नी साथीको विवाह अगाडिको पार्टीमा गान्तोक पुग्दा रोनिससँग भेट हुन्छ। दुवैबिच सामीप्यता भने नेपालमा बढ्छ। रोनिस नेपाल आएर विजेतालाई विवाहको प्रस्ताव गर्छिन्। पेसाले पाइलट रोनिस सिक्किम फर्किएपछि विक्रान्त उर्फ ‘सानो राजासाहेब’ को इन्ट्री हुन्छ। विजेता र विक्रान्त बच्चादेखिकै साथी हुन्छन्।
विक्रान्तले विजेतालाई माया गर्छन्। यद्यपि विजेता भने रोनिसको पर्खाइमा हुन्छिन्। घरबाट विवाहको दबाब आएपछि विक्रान्तलाई लिएर रोनिसलाई खोज्न विजेता सिक्किम निस्किन्छन्। आफूले माया गरेको विजेता अरू कसैको पर्खाइमा रहेको थाहा पाएपछि हुने अन्तर्द्वन्द्व नै कथासार हो। विजेताले विक्रान्त वा रोनिस कसलाई रोज्छन्रु जिद्दी विक्रान्तले विजेतालाई सहजै छोड्छरु विजेताले आफूलाई माया गर्ने विक्रान्त र आफूले माया गर्ने रोनिसमध्ये कसलाई रोज्छरु यी तथ्य थाहा पाउन हलसम्म पुग्नुपर्छ।
डेब्यु अभिनेता धिरज नाडकर कलाकार तृप्ति नाडकरको छोरा हुन्। “मेरो लागि यो खास छ। आमाले झैँ मैले पनि दर्शकको माया पाउने आश गरेको छु। मैले इन्डो–नेपाली रोनिसलाई पर्दामा सक्दो जीवन्त बनाउने प्रयास गरेको छु”, अभिनेता नाडकरले भने।
शीर्ष भूमिका निर्वाह गरेकी अदितिले विजेतामार्फत अहिलेको युवतीलाई प्रतिनिधित्व गरेको बताइन्। उनी भन्छिन्, “छोरी विवाहको लागि मात्र नभई जीवनयापनमा सक्षम रहेको सन्देश मेरो पात्रमार्फत प्रवाह हुन्छ। हाम्रो सक्षमतासँगै शालीनतालाई पर्दामा देखाएकी छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
