चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको हो। 

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ। 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको हो। 

चितवनका रवि बोपाराले अर्धशतकीय पारी खेले। उनी  ४० बलमा ५९ रनमा अविजित रहे। कप्तान कुशल मल्लले २३ रन बनाए। विपिन रावल ११ रनमा आउट भए।

कर्णालीका आइकोनिक खेलाडी विपिन शर्माले ३ विकेट लिए। जिशान मकसुदले २ तथा सोमपाल कामी र नन्दन यादवले समान १-१ विकेट लिए।