तोलामा ६०० रुपैयाँ घट्यो सुनको मूल्य

बिहीबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको छ। 

काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ६०० रुपैयाँले घटेको हो। 

बिहीबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको सुन १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको छ। 

यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। नेपाली बजारमा चाँदी तोलाको १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ।