मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

काठमाडौँ– मकवानपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मकवानपुरको बकैया गाउँपालिका–५ झाक्रीडाँडानजिक निर्माणाधीन तराई –काठमाडौँ द्रुतमार्गमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार टिपर चालक चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङ रहेका छन्।

हात्तीसुडेबाट निर्माणाधीन द्रुतमार्गका लागि ग्राभेल लिएर जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो। चालक तामाङको टिपरमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।