एनपीएलः लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

कप्तान रोहित पौडेलको अर्धशतकमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्ससामु जितका लागि १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्ससामु जितका लागि १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको शुक्रबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७० रन बनाएको हो। 

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले। उनले अविजित रहँदै ५९ बलमा चार छक्का र १० चौका प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए। 

टम मूर्सले ४५, सन्दीप जोराले १८ र विवेक यादवले दुई रनको योगदान दिए। यो खेलमा लुम्बिनीले अतिरिक्त १० रन प्राप्त गर्‍यो। 

पोखराका लागि विपिन खत्रीले २ र म्याट क्रिचलेले १ विकेट हात पारे। अहिले पोखराले जवाफी ब्याटिङ गरिरहेको छ।