आइतवार बिहान देहावसान भएका शताब्दी पुरुष सत्यमोहन जोशीको शव अध्ययनका लागि राखिने भएको छ। उनकै प्रणअनुसार उनको शव अध्ययनका लागि किस्ट अस्पतालमा राखिने भएको हो।
काठमाडौँ- आइतवार देहावसान भएका संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने भएको छ।
उनको पार्थिव शरीर नगल्ने रसायनको प्रयोग गरी अध्ययनका लागि किस्ट अस्पतालमा राखिने भएको हो। जोशीले यसअघि नै अस्पताललाई आफ्नो पार्थिव शरीर दान गर्ने सहमति दिएका थिए।
सत्यमोहनले मृत्युपछि आफ्नो शरीर किस्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा गरेकाले उनकै इच्छाअनुसार अस्पतालमा पार्थिव शरीर राख्न लागिएको अस्पतालका प्रोफेसर डाक्टर किशोरसिंह बस्नेतले जानकारी दिएका छन्।
आइतवार बिहान ७ बजेर ९ मिनेटमा उपचारको क्रममा ललितपुरस्थित किस्ट अस्पतालमा १०३ वर्षको उमेरमा जोशीको निधन भएको हो। जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए। त्यस्तै उनलाई डेंगु संक्रमण भएको थियो। डेंगु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो।
संक्रमणपछि उनको शरीरमा अक्सिजन कमी भएपछि सघन उपचार कक्षमा राखेर गरेर उपचार भइरहेको थियो।
उनको पार्थिव शरीर अस्पताललाई हस्तान्तरण गर्नुअघि श्रद्धाञ्जलिका लागि राखिएको छ। जसअनुरूप बिहान ९ः४५ बजेदेखि १०ः४५ बजेसम्म जोशीको पार्थिव शरीर अस्पतालकै शय्यामै राखिएको थियो। त्यस्तै, १०ः४५ बाट ११ः३० सम्म परिवारको तर्फबाट हिन्दु संस्कार अनुसार गर्नुपर्ने काम भएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए। उनले १०ः४५ देखि ११ः३० सम्ममा अस्पतालमा नै अन्तिम बिदाइका लागि पार्थिव शरीर राखिएको तथा ११ः३० देखि १२ बजेसम्म अस्पतालको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको बताए।
यसैगरी १२ बजेदेखि १२ः३० बजेसम्म पार्थिव शरीर अस्पतालबाट ललितपुर महानगरपालिकामा ल्याइने र १२ः३० देखि अपराह्न ४ बजेसम्म महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिनेछ।
त्यस्तै, ४ बजेदेखि ४ः३० बजेसम्म पुनः किस्ट अस्पताल लगेर आफ्नो शरीर मृत्युपर्यन्त मेडिकल साइन्सका विद्यार्थीहरूलाई अध्ययनका लागि हस्तान्तरण गर्ने जोशीको प्रणअनुसार किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिने कार्य तालिका रहेको मेयर महर्जनले जानकारी दिए।
उनको अन्तिम श्रद्धाञ्जलिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरू जाने कार्यक्रम छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
