मंगलबार देशैभर सार्वजनिक बिदा

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले १ दिन सार्वजनिक बिदा दिएको छ। आइतवार निधन भएका जोशी वाङ्मयका क्षेत्रमा सक्रिय थिए।

काठमाडौँ- सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ दिन बिदाको घोषणा गरेको छ। 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा कार्तिक १ गते मंगलवार देशैभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।

संस्कृतिविद् सत्यमोहन जोशीको आइतवार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो।