कुल १३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मी ६१ स्वर्ण जितेर पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। एपिएफ दोस्रो र पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छन्
कास्की- नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। कुल १३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ। आर्मीले ३९ रजत र २८ कास्यसहित कुल १२८ पदक प्राप्त गरेको छ।
विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब दोस्रो तथा नेपाल प्रहरीको पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छन्। एपिएफ क्लबले २३ स्वर्ण, १७ रजत र १५ कास्यका साथ कुल ६५ पदक प्राप्त गरेको छ। पुलिस क्लबले १५ स्वर्ण, २५ रजत र ३३ कास्यसहित कुल ७४ पदक प्राप्त गरेको छ।
यसैगरी बागमती, गण्डकी र एनआरएनए क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन्। बागमतीले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित कुल ५९ पदक प्राप्त गरेको छ। गण्डकीले १० स्वर्ण, ८ रजत र २० कास्यसहित कुल ३८ पदक प्राप्त गरेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ६ स्वर्ण, ६ रजत र ४ कास्यसहित कुल १६ पदक हासिल गरेको छ।
यस्तै, प्रदेश १ सातौँ, मधेश आठौँ, सुदूरपश्चिम नवौँ, लुम्बिनी १०औँ तथा कर्णाली पदक तालिकाको ११औँ स्थानमा छन्। प्रदेश १ ले हालसम्म ३ स्वर्ण, ८ रजत र २१ कास्यसहित कुल ३२ पदक पाएको छ। मधेशले २ स्वर्ण, ३ रजत र ७ कास्यसहित कुल १२ पदक, सुदूरपश्चिमले २ स्वर्ण, १ रजत र ११ कास्यसहित कुल १४, लुम्बिनीले १ स्वर्ण, ९ रजत र १२ कास्यसहित कुल २२ तथा कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत र २ कास्यसहित कुल ४ पदक प्राप्त गरेको छ।
हालसम्म १३९ स्वर्ण, १३९ रजत र १८६ कास्यसहित कुल ४६४ पदकको छिनोफानो भएको छ। ६ हजार १५७ खेलाडी सहभागी नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशका ८ जिल्लामा भइरहेको छ। कुल ३९३ स्वर्ण, ३९३ रजत र ६ सय कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ।
प्रतियोगितामा २ प्रदर्शनीसहित ३८ खेल समावेश गरिएका छन्। ३ विभागीय, ७ प्रदेश र एनआरएनएका खेलाडीबीच खेल भइरहेको छ। पोखरामा यसअघि २०४० सालमा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
