वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्झनामा शनिबार वसन्तपुरस्थित दश अवतार मन्दिरको डबलीमा नेवा देय् दबुको संयोजकत्वमा श्रद्धाञ्जलिसभा गरिएको छ।
काठमाडौँ- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्झनामा शनिबार वसन्तपुरस्थित दश अवतार मन्दिरको डबलीमा नेवा देय् दबुको संयोजकत्वमा श्रद्धाञ्जलिसभा गरिएको छ। जोशीको १०३ वर्षको उमेरमा कात्तिक ३० किस्ट मेडिकल तथा टिचिङ कलेजमा निधन भएको थियो।
कार्यक्रममा नेपाल भाषा, साहित्य, संगीतमा विशिष्ट योगदान पुर्याएका व्यक्ति तथा संस्थाका प्रतिनिधिको उपस्थिति थियो। जनकवि दुर्गालाल श्रेष्ठ, नेपाल भाषाका अग्रज मल्ल के. सुन्दर, नेवा देय् दुबकी अध्यक्ष पवित्रा बज्राचार्य, डा. प्रेमशान्ति तुलाधार, डा. पुष्पराज राजकर्णीकारलगायतका व्यक्तिहरू जोशीको योगदानका बारेमा बोलेका थिए। जनकवि श्रेष्ठले जोशीको निधन भएको दिन ललितपुर महानगरपालिको प्रांगणमा बसी रचेको कविता र त्यसको भावार्थ प्रस्तुत गरेका थिए।
नेपाल भाषाका अग्रज मल्ल के. सुन्दरले जोशीले साहित्य र भाषामा मात्र नभई नेवा आन्दोलनमा अग्रपन्थीमा भूमिका निर्वाह गरेको बताए। जाशीले सिंजा सभ्यतालाई नेपालभर अवगत गराएको योगदानलाई उनले सम्झिए। अरनिकोलाई नेपाली जनमानसमा परिचित गराउने कामको बारेमा पनि मल्लले कार्यक्रममा उल्लेख गरे।
नेवा देय् दुबकी अध्यक्ष पवित्रा बज्राचार्यले जोशीले देखाएको पदमार्गमा हिँडी उनीजस्ता अन्य सयौँ सत्यमोहन जोशी जन्माउने सके मात्र वास्तविक श्रद्धाञ्जलि हुने बताइन्।
श्रद्धान्जलिसभामा जोशीका परिवारबाट उनका कान्छा छोरा डा. पूर्णराज जोशीले पिताको इच्छाअनुसार, उनको मृत शरीरलाई सम्बन्धित अस्पतालमा अध्ययनका लागि हस्तान्त्रण गरिएको बताए। उनको शरीरको अध्ययन भए पनि चिरफार नहुने कार्यक्रममा बताए।
यद्यपि, नेपालमा हालसम्म मृत शरीरलाई संग्रह गरेर राख्ने विषयमा उचित कानुनी व्यवस्था नभएको भन्दै सरकारबाट नीति निर्माण गर्नुपर्नेमा जोड दिए। यस विषयमा सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गरेको पनि उनले बताए।
कार्यक्रममा राजनीतिज्ञ हिसिला यमी, काठमाडौँ महानगरपालिकाकी पूर्वउपप्रमुख हरिप्रभा खड्गीलगायतका व्यक्तिहरूको पनि उपस्थिति थियो। यमीले जोशीको तस्वीरलाई माल्यार्पण गरेकी थिइन्।
दिवंगत सत्यमोहन जोशीको सम्झनामा दुर्गालाल श्रेष्ठद्वारा रचित कविताः

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
