नेपाल नागरिक उड्डयन प्राधिकरणले शर्तसहित प्याराग्लाइडिङ खुला गर्ने निर्णय गरेको छ। प्राधिकरणले राखेका शर्त १५ दिनभित्र कार्यान्वयन गर्ने नेपाल हवाई खेलकुद संस्थाले प्रतिबद्ता जनाएको छ।
काठमाडौँ- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ खेलका क्रममा एक जना खेलाडीको मृत्यु भएपछि स्थगित गरिएको प्याराग्लाइडिङ उडान आइतबारबाट खुला भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानलाई थप सुरक्षित र व्यवस्थित बनाउन ५ वटा शर्तसहित प्याराग्लाइडिङ खुला गर्ने निर्णय गरेको हो।
प्राधिकरणले राखेका शर्त १५ दिनभित्र कार्यान्वयन गर्ने नेपाल हवाई खेलकुद संस्थाले प्रतिबद्धता जनाएपछि आइतबारबाट प्याराग्लाइडिङ उडान खुलाउने निर्णय गरिएको फ्लाइट अपरेशन महाशाखाका उपप्रबन्धक विनय गिरीले जानकारी दिए।
शर्तहरूमा प्राधिकरणले तोकेको क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ उडानको लाइसेन्स लिएका सबै पाइलट आगामी १५ दिनभित्र मेडिकल लेभल–२ र मनोवैज्ञानिक अवस्थाको परीक्षण गरी योग्य ठहर हुनुपर्ने उल्लेख छ।
यस्तै, व्यावसायिक उडानमा संलग्न पाइलटले आफ्नो र कम्पनीको स्पष्ट नाम देखिनेगरी एकै किसिमको पोसाक लगानुपर्नेछ। व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिनभित्रमा प्राधिकरणका एयर वर्दिनेस इन्सपेक्टरको रोहवरमा परीक्षण गराइ योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने शर्त पनि राखिएको छ।
त्यस्तै, अर्को शर्तमा पाइलटको रिफ्रेसर एडभान्स्ड ट्यान्डेम एसआईभी तथा आपतकालीन अवस्थामा उद्दार गर्न प्रयोगात्मक तालिम वर्षको एकपटक गर्नैपर्ने उल्लेख गरिएको छ।
गत असोज ३१ गते नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा खसेर त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएपछि प्राधिकरणले दशैभर अनिश्चितकालका लागि प्याराग्लाडिङ बन्द गर्ने निर्णय गरेको थियो।
घटनापछि प्याराग्लाइडिङलाई नियमित, थप सुरक्षित र व्यवस्थित बनाउन कात्तिक २ गते उपमहानिर्देशक हंशराज पाण्डेको अध्यक्षतामा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले शुक्रबार बुझाएको प्रतिवेदनका आधारमा शर्तसहित देशैभरका प्याराग्लाइडिङ खुल्ला गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
