अध्यक्ष बाँस्तोलाले देशको आर्थिक र सामाजिक अवस्था बदल्नुपर्ने बेला भएको भन्दै देशको द्रुततर विकासका लागि आफ्नो पार्टी सक्षम रहेको बताइन्।
काठमाडौँ- विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाएकी छन्। मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रम बोल्दै अध्यक्ष बाँस्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भए पनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको बताइन्।
उनले पार्टीले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी दिएकाले सबै मतदाताले पार्टीलाई जिताउन सहयोग गर्ने अपेक्षा राखेको बताइन्। उनले गत ५ वर्षमा पार्टी आत्तिएको र थाकेको नभई अनुभव बटुल्दै अघि बढिरहेको तर्क गरिन्। उनले विवेकशील साझाले गर्न चाहेको राजनीतिक मंसिर ४ पछि सकिने खालको नभई देशको विकास र स्थिरताको लागि भएको जिकिर गरिन्।
उनले भनिन्, "हामीले गर्न चाहेको राजनीति मंसिर ४ पछि सकिएर जाने खालको राजनीति होइन। अहिलेको स्वतन्त्र उम्मेदवारी यो विवेकशील साझाले २०७४ मा रोपेको फल हो। यसको श्रेय विवेकशील साझालाई जान्छ। अब यो देश बदल्नुपर्छ। व्यवस्था होइन, अवस्था बदल्न विवेकशील साझा आएको छ।"
पार्टीले दुर्गमका विद्यालयलाई मर्जर गरी अधिकांश विद्यालयलाई बूढानीलकण्ठ शैलीमा पढाउने व्यवस्था गर्ने, नेपाल पर्यटन विश्वविद्यालय स्थापना गर्ने, त्रिभुवन विश्वविद्यालयमा खेलकुद विभाग स्थापना गर्ने, गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा, आत्मनिर्भर तथा दिगो अर्थतन्त्रका चार खम्बाः प्रविधि, जलविद्युत्, कृषि र पर्यटनको विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन, विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार, सरकारी वेतनधारीहरुको दलीय पेशागत संगठन खारेज गर्ने, अनावश्यक सार्वजनिक खर्च कटौती गर्न राजनीतिक भर्तिकेन्द्रमा सिमित सरकारी निकायलाई खारेज गर्ने, संवैधानिक आयोगहरुमा नियुक्तिका लागि ४५ वर्षे उमेरहद घटाएर युवामैत्री बनाउने, वातावरण तथा सम्पदा संरक्षण गर्नेलगायतका चुनावी प्रतिबद्धता अघि सारेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
