सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा पुरस्कार स्थापना गर्ने तयारी गरेको छ। ३ लाख राशि रहने पुरस्कार हरेक वर्ष तीन जनालाई दिइने छ।
काठमाडौँ- सरकारले शंखधर साख्वाको नाममा पुरस्कार स्थापना गरी हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने बताएका हुन्।
बुधवार भक्तपुरमा आयोजित नेपाल संवत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शंखधर साख्वाको काम उजागर गर्ने कार्यमा सहयोग पुर्याउने व्यक्तिहरूलाई शंखधर साख्वाको नाममा सरकारको तर्फबाट तीन जनालाई हरेक वर्ष रु एक लाखको दरमा पुरस्कृत गर्ने तयारी सरकारको रहेको बताएका हुन्।
शंखधर साख्वाको योगदानलाई चीर बनाउनेहरूलाई कदर स्वरूप हरेक वर्ष तीन जना व्यक्तित्वहरूलाई एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने तयारी भइरहेको मन्त्री श्रेष्ठले बताए।
उनले भने, “शंखधर साख्वाको काम उजागर गर्ने कार्यमा सहयोग पुर्याउने व्यक्तिहरूलाई शंखधर साख्वाको नाममा सरकारको तर्फबाट तीन जनालाई हरेक वर्ष एक लाखको दरमा पुरस्कृत गर्ने कार्यक्रम अघि बढेको छ।”
मन्त्री श्रेष्ठले शंखधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरित गर्न सकिने बताए।
“यो सबै नेपालीहरूको लागि गौरवको विषय हो । यो संसारका लागि उदाहरणीय विषय हो”, उनले भने, “शंखधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरित गर्छ।”
उनले नेपाल संवतलाई व्यवहारमा उतार्न सक्नुपर्नेसमेत बताए। नेपाल संवत् नेपालीका लागि गौरवको विषय भएको उनको भनाइ थियो।
मन्त्री श्रेष्ठले उपत्यकाको पर्यटन संस्कृति र सम्पदाको विकास गरेर मात्रै सम्भव हुने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
