आन्द्रेस र दिनेश खरेलको कीर्तिमानी साझेदारीमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको छ।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा आन्द्रेस गौसको शतकप्रेरित पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको छ। जितसँगै एनपीएलमा पोखरा १० विकेटले विजयी हुने पहिलो टोली बनेको छ।
लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले आन्द्रेस र दिनेश खरेलको कीर्तिमानी साझेदारीमा १६.५ ओभर खेल्दै १७६ रन बनायो। पोखराको यो पहिलो जित हो।
एनपीएलमा लुम्बिनीको भने यो दोस्रो पराजय हो। यसअघि लुम्बिनी विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो।
पोखराको जितमा आन्द्रेसले अविजित १०४ रन बनाए। उनले ५५ बल खेल्दै १२ चौका र ५ छक्का प्रहार गरे। उनी एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने।
त्यस्तै, दिनेश खरेलले अर्धशतकीय इनिङ्स खेले। उनले अविजित ६१ बनाउँदा ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।
यसअघि त्रिवि क्रिकेट मैदान जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७० रन बनायो।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ्स खेले। उनले अविजित रहँदै ५९ बलमा चार छक्का र १० चौका प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए।
टम मूर्सले ४५, सन्दीप जोराले १८ र विवेक यादवले दुई रनको योगदान दिए। यो खेलमा लुम्बिनीले अतिरिक्त १० रन प्राप्त गर्यो।
पोखराका लागि विपिन खत्रीले २ र म्याट क्रिचलेले १ विकेट हात पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
