'एक बागी: खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष' पुस्तकमा कोही एक व्यक्तिको जीवनमा आधारित नभई समय र समाजले बुझ्नुपर्ने विषय समेटिएको थापाले उल्लेख गरे।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताएका छन्।
आइतबार काठमाडौँमा उज्ज्वल प्रसाईंको पुस्तक 'एक बागी: खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष' लोकपर्ण समारोहमा बोल्दै उनले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै संगतको प्रभाव हुन आवश्यक रहेको बताएका हुन्। उक्त पुस्तक साहित्यकार खगेन्द्र संग्रौलाको जीवनी हो।
महामन्त्री थापाले साहित्यकार संग्रौला आफूसरहका कांग्रेसी नेताहरूको पनि गुरु भएकाले उनको जीवनबाट र साहित्य रचनाबाट हरेक नेपालीले सिक्नुपर्ने धेरै कुरा रहेको बताए। उनले आफ्नो जीवनमा संग्रौलाले नै प्रश्न गर्नुपर्छ र अन्यायविरुद्ध लड्नुपर्छ भन्ने कुरा सिकाएको बताए।
"खगेन्द्र संग्रौला कांग्रेस त हुँदै होइन, त्यसमाथि कालो कांग्रेस हुने कुरै भएन। तर, मेरो उमेरसमूहका थुप्रै कालो कांग्रेसीले खगेन्द्र संग्रौलालाई गुरु मान्छन्। प्रश्न गर्न र बागी हुन हामीलाई खगेन्द्र संग्रौलाले सिकाउनुभयो। उहाँसँग चिया खाँदासमेत धेरै कुरा सिकेँ" उनले भने "व्यक्तिको सोचमा समय र समाजको प्रभाव त हुन्छ, तर संगतको प्रभाव पनि हुन्छ।"
प्रसाईंले लेखेको पुस्तक 'एक बागी:खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष' कोही एक व्यक्तिको जीवनमा आधारित नभई समय र समाजले बुझ्नुपर्ने विषय समेटिएको उनले उल्लेख गरे। पुस्तकमा समेटिएका हरेक शब्दले समाजको यथार्थता र समयको मागलाई सम्बोधन गर्न पाएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
