अण्डाको मूल्य बढ्यो

नेपाल लेर्यस कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूलो अण्डाको फार्म रेट प्रतिक्रेट ४७० र मझौलाको ४५५ कायम गरिएको छ।

चितवन– शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ। 

नेपाल लेर्यस कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको बताए। उनका अनुसार ठूलो अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) ४७० र मझौलाको ४५५ कायम गरिएको छ।

पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मूल्य वृद्धि भएको बताए। उनका अनुसार यसअघि अण्डाको मूल्य ५०५ रुपैयाँसम्म पुगेर क्रमशः घटेको थियो। 

मूल्य बढेपछि किसान भने उत्साहित बनेका छन्। पोलट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अण्डाको मूल्य वृद्धि भएको बताए। हाल दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएका उनले जानकारी दिए।