सुनको मूल्य ताेलाकाे एक लाख रुपैयाँ

नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतिताेला एक लाख र तेजाबी सुन ९९ हजार ५०० मा काराेबार भइरहेकाे छ।

काठमाडौँ– नेपाली सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख तोकिएको छ।  

यो अघिल्लो दिनभन्दा दुई सय रुपैयाँ कम हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ५०० सय छ। यसको मूल्य अघिल्लो दिन ९९ हजार ७०० रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार ३९० रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ। महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।