बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले बार्सिलोना युरोपा लिगमा दाबेदार टोली रहे पनि उपाधि जित्न भने कठिन हुने बताएका छन्।
काठमाडौं– युईएफा च्याम्पियन्स लिगको समूहमा तेस्रो स्थानमा रहेपछि क्याटलान क्लब बार्सिलोना लगातार दोस्रो सिजन युरोपा लिगमा सीमित भएको छ।
बुधबार इन्टर मिलानले आफ्नो खेलमा जित निकालेपछि बार्सिलोना बायर्न म्युनिखविरुद्ध खेल्नुअघि नै युरोपा लिग खेल्ने टुंगो लागेको थियो। समूहको पाँचौ खेलमा पनि बार्सिलोना बायर्नसँग ३-० ले पराजित भएको थियो।
बार्सिलोना सम्मिलित समूह ‘सी’बाट बायर्न शतप्रतिशत जितको नतिजा निकाल्दै अघि बढ्दा मिलान दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगिसकेको छ। बार्सिलोना तेस्रो हुँदा भिक्टोरिया प्लेजन पुछारमा रहेको थियो।
बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले आफ्नो टोली युरोपा लिगमा दाबेदार टोली रहे पनि उपाधि जित्न भने कठिन हुने बताएका छन्। "युरोपा लिग नराम्रो होइन। हाम्रो लक्ष्य फाइनल पुग्ने र उपाधि जित्ने नै छ। सबैले बार्सिलोनालाई उपाधिको दाबेदारका रूपमा पनि हेरेका छन्। तर, त्यो सहज छैन। यसपटक जुन टोली सहभागी छन्, लिग निकै कठिन हुनेछ," उनले भने।
बार्सिलोनाले अब युरोपा लिगको अन्तिम १६ मा पुग्न युरोपा लिगको समूह उपविजेतासँग खेल्नुपर्नेछ। बार्सिलोनाको खेल फेब्रुअरी तेस्रो साता खेल्नेछ।
तर, बिहीबार हुने खेलपछि मात्र बार्सिलोनाले युरोपा लिगमा कुन टोलीको सामना गर्ने भन्ने टुङ्गो लाग्ने छ। बार्सिलोनाले स्पेनिस लिगकै टोलीको भने सामना गर्नुपर्ने छैन।
अब स्पेनिस लिगको खेलपछि टोलीले विश्वकपका लागि विश्राम लिनेछ। युरोपा लिगको प्रतिद्वन्द्वीको टुंगो भने यसै साता हुने 'ड्र'बाट थाहा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
