बुधवारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो।
धनगढी- कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन शुरू गरिएको छ।
बुधवारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो।
यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो। सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो। तर घरधनीहरूले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेको हो।
संरचना हटाउन कार्यस्थलमा पुग्नुभएकी धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले महानगरपालिकाले पत्राचार गर्दा बेवास्ता गरेकाले संरचना भत्काउन थालेको बताइन्। उनले बुधवारबाट शुरू भएको अभियानलाई निरन्तरता दिनेपनि बताए।
मापदण्ड विपरीत बनेका संरचना हटाउने अभियान पछिल्लो समय देशव्यापीरूपमा बढ्दै गइरहेको छ। यसअघि काठमाडौँ, पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकाले पनि अवैध संरचनाहरूमा डोजर चलाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
