एकैदिन एउटै मान्छेले दुई पटक ६ वटा अंकको पुरस्कार जित्नु वास्तवमै खुशी र अचम्मको कुरा भएको डेलावेयर लोटरीकी निर्देशकले बताइन्।
एक अमेरिकी महिलाले एकै दिन पाँच करोडभन्दा बढीको लोटरी जितेकी छन्। अमेरिकाको डेलावेयरमा लोटरीबापत १ लाख डलर पुरस्कार जितेकी एक महिलाले पुनः अर्को नयाँ स्क्र्याच–अफ खरिद गर्दा थप ३ लाख डलर पुरस्कार जितेकी हुन्।
डेलावेयर लोटरीका अनुसार नेवार्ककी एक ७० वर्षीया महिलाले गत अक्टोबर २० मा नेवार्कस्थित स्पिडी ग्यासबाट १ लाख डलर पुरस्कारको अल्टिमेट स्क्र्याच–अफ टिकट किनेकी थिइन्। तर, घर जाँदै गर्दा उनी एन डोभर टाइगर मार्टमा रोकिएर तीनवटा नयाँ स्क्र्याच टिकट किनिन्। त्यसमध्ये एउटा टिकटले उनलाई ३ लाख डलर जिताएको हो। योसँगै ती महिलाले एकैदिनमा ४ लाख डलर अर्थात पाँच करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ जितेकी हुन्।
आफूले सोही दिन अर्को पनि पुरस्कार जित्दा निकै आश्चर्यमा परेको उनले बताइन्। ती महिलाले आफ्नो सबै रकम अवकाशपछिको कोषमा राख्ने बताएकी छन्। एकैदिन एउटै मान्छेले दुई पटक ६ वटा अंकको पुरस्कार जित्नु वास्तवमै खुशी र अचम्मको कुरा भएको डेलावेयर लोटरीकी निर्देशकले बताइन्।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
