आदर्श बालिका माध्यमिक विद्यालय मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण महिला कर्मचारीले निर्वाचन गराउने मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए।
मोरङ– आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि विराटनगरस्थित एक मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण कर्मचारी महिला खटिने भएका छन्।
मोरङको विराटनगर महानगरपालिका–७ स्थित आदर्श बालिका माध्यमिक विद्यालय मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण महिला कर्मचारीले निर्वाचन गराउने मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए।
मुख्य निर्वाचन कार्यालय मोरङका अनुसार प्रतिनिधिसभा क्षेत्र नं ६ र प्रदेशसभा ६ (२) मा पर्ने उक्त स्थानमा रहेको स्थलमा तीन मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक सुरक्षाकर्मी सम्पूर्णरूपमा महिलाको रहने जनाइएको छ।
जिल्लामा रहेको ६ प्रतिनिधि र १२ प्रदेशसभामा निर्वाचनका लागि ३०६ मतदानस्थलमा ८३९ मतदान केन्द्रका लागि ८३९ मतदान अधिकृत र ८३९ सहायक मतदान अधिकृत गरी १ हजार ६७८ छनोट गरिएको छ। यसैगरी प्रत्येक मतदान केन्द्रमा पाँच जना सहायक र एक जना सहयोगी गरी जम्मा पाँच हजार ३४ कर्मचारी रहने व्यवस्था गरिएको सूचना अधिकारी बुढाथोकीले बताए।
यस्तै, पाँच सयसम्म मतदाता रहेका स्थानमा तीन जना स्वयंसेवक र पाँच सय भन्दाबढी भएमा चार जना स्वयंसेवक राख्ने व्यवस्था गरिएको छ। प्रदेश निर्वाचन कार्यालयले छनोट गरिएको मोरङका ६ वटै क्षेत्रका मतदात अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन स्वतन्त्र, स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन यही कात्तिक २९ र ३० गते तालिम दिने व्यवस्था गरिएको छ।
मतदान अधिकृतले मङ्सिर १ गते बेलुकीसम्म आ-आफ्नो मतदान स्थलमा मतदान सामग्रीसहित पुग्नुपर्ने निर्देशन दिइएको छ। मङ्सिर २ गते मतदान अधिकृतले आफ्नो मतदान केन्द्र ‘१’ बाट मतदाता परिचयपत्र वितरण तथा मतदान केन्द्र निर्माणको व्यवस्थापन गर्नुपर्नेछ।
मोरङमा रहेको छ मतदान अधिकृतको कार्यालयमा प्रतिनिधि र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकतर्फको मतमत्र प्राप्त भई प्याकिङ गर्ने कार्य भइरहेको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए। उनले निर्वाचनसम्बन्धी अन्य सामग्री आउनेक्रम जारी रहेकोसमेत बताए।
रतुवामाई नगरपालिकालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेकामा स्पष्टीकरण सोधिएको छ। उक्त नगरपालिकाले निःशुल्क जग्गा उपलब्ध गराएका सम्बन्धमा उजुरीका आधारमा स्पष्टीकरण सोधिएको हो।
कार्यालयले विनाकार्यक्रमा नगरको बजार क्षेत्रमा माइकिङ गरी ध्वनि प्रदूषण गरेको सम्बन्धमा सबै राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारलाई सचेत गराउनुका साथै विद्युतीय पोलमा टुङ्गिएको पार्टी र चुनाव चिह्न भएको झण्डा हटाउन निर्देशन दिएको सूचना अधिकारी बुढाथोकीले बताए।
यसैबीच प्रदेश निर्वाचन कार्यालय विराटनगरले निर्वाचनका लागि विभिन्न ५८ सामग्री प्रदेशका छ निर्वाचन अधिकृत कार्यालयमा पठाउनेक्रम जारी राखेको छ। कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार मतपेटिका, रवर म्याट, छेकवार, सुरक्षा सिल, भित्र लेखिएको बोर्ड, प्रतिनिधि र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्र पठाइसकेको छ भने अन्य सामग्री पठाउनेक्रम जारी रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
