चलचित्रको प्रचारका लागि निर्माण टिमले मुखुण्डो लगाएर नाच प्रस्तुत गरेको हो।
काठमाडौं– नेपाली चलचित्र ‘लाखे’ को टिमले काठमाडौंमा लाखे नाच प्रस्तुत गरेको छ। सोमबार काठमाडौंको गोंगबुस्थित बिजी मलअगाडि लाखे नृत्य प्रस्तुत गरेको हो।
कार्यक्रममा अभिनेता सौगात मल्ल, प्रशान्त ताम्राकार, आर्यन अधिकारीलगायतका कलाकारको उपस्थिति रहेको थियो। चलचित्रको प्रचारका लागि निर्माण टिमले मुखुण्डो लगाएर नाच प्रस्तुत गरेको थियो। कार्यक्रममा बोल्दै अभिनेता मल्लले नेपाली चलचित्र लाखेलाई सबै नेपालीले हेर्नुपर्ने चलचित्र रहेको बताए। त्यस्तै, अभिनेता ताम्राकार र अधिकारीले पनि चलचित्रलाई माया गरेर हलमा पुगी चलचित्र हेर्नेमा आशावादी रहेको बताए।
चलचित्रमा सौगात मल्ल, अनुपविक्रम साही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ। सुजन प्रजापतीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद रहेको छ। सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि आर्याल नै रहेका छन्।
सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन्। चलचित्र टिमले गत शुक्रबारबाट देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको चलचित्रको प्रचारप्रसार गरिरहेको छ। चलचित्रको प्रचारप्रसारका लागि नै चलचित्र निर्माण टिमले विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गर्दै आएको छ। कात्तिक १२ गते प्रदर्शनमा आएको चलचित्र महापुरुष हेर्ने दर्शक दोस्रो सातामा पनि बढिरहँदा लाखेले भने सोचेअनुसारको दर्शक पाउन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
