युक्रेनमा रूसले आक्रमण गरेयता पेन तीनपटक युक्रेन भ्रमणमा गइसकेका छन्।
हलिउड अभिनेता सिन पेनले प्रतिष्ठित अस्कर अवार्डको ट्रफी युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उपहार दिएका छन्। पेनलाई मिस्टिक रिवर (२००४) र मिल्क (२००९) मा उत्कृष्ट अभिनय गरेको बापत अस्कर अवार्ड दिइएको थियो।
अभिनेता पेन किभ भ्रमणका बेला अवार्ड उपहारस्वरूप दिएको भिडियो क्लिप जेलेन्स्कीको टेलिग्राममार्फत बुधबार सार्वजनिक गरिएको हो।
पेनले जेलेन्स्कीलाई अस्करको ट्रफी दिँदै भने, “ट्रफी तपाईंको साथमा रह्यो भने यो लडाइँमा केही योगदान गरेको महसुस हुने छ। मेरो केही अंश युक्रेनमै छ भन्ने लाग्ने छ। युद्ध जितेपछि यसलाई मालिबु (अमेरिकास्थित अभिनेता पेनको घर) लिएर आउनुहोला।”

जेलेन्स्कीले पेनबाट उपहारस्वरूप अस्कर अवार्ड पाएर खुसी व्यक्त गरे। जेलेन्स्कीले भनेका छन्, “शान्तिपूर्ण जीवनमा यस्तो हुन मेरा लागि सपनाजस्तै थियो। हामीले पक्कै पनि जित्नेछौँ। र, चाँडै जित्नुपर्नेछ।”
जेलेन्स्कीले पनि पेनलाई युक्रेनका तर्फबाट उपहार दिएका छन्। दुवैले उपहार साटासाट गरेको भिडियो भाइरल भइरहेको छ।

अभिनेता पेन चलचित्रका अलावा आफ्नो खुला राजनीतिक विचारका कारण चर्चामा आउने गरेका छन्। रूसले युक्रेनमा आक्रमण गरेपछि उनले खुलेरै रूसविरुद्धको युक्रेनी लडाइँमा आफ्नो पूर्ण समर्थन रहेको बताएका थिए। यसैकारण रूसले पेन र अर्का अभिनेता बेन स्टिलरलाई प्रतिबन्ध लगाएको छ।
युक्रेनमा रूसले आक्रमण गरेयता पेन तीनपटक युक्रेन भ्रमणमा गइसकेका छन्। भ्रमणका क्रममा पेनले युक्रेनबारेको चलचित्रमा निरन्तर काम गरिरहने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
