महानगरपालिकाले परिचय पाटी हटाउने क्रमको पहिलो दिन २७५ वटा र दोस्रो दिन २६० वटा बोर्ड हटाइएको जनाएको छ।
काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरभित्र अनधिकृत रूपमा राखिएका परिचय पाटी (होडिङ बोर्ड) हटाउन थालेको छ। महानगरपालिकाले परिचय पाटी हटाउने क्रमको पहिलो दिन २७५ वटा र दोस्रो दिन २६० वटा बोर्ड हटाइएको जनाएको छ।
बानेश्वरमा रहेको एउटै भवन (बानेश्वर प्लाजा) बाट ४३ वटा बोर्ड हटाइएको नगर प्रहरी निरीक्षक लीलाराज गाछाले जानकारी दिए। उनका अनुसार ती बोर्ड हटाउन दिनभर लागेको थियो।
त्यस्तै, महानगरले दोस्रो दिन पुतलीसडकबाट ४३ वटा, महाराजगन्ज चोकदेखि शंखपार्कतर्फबाट ७२ वटा र कालीमाटीबाट बल्खुतर्फको सडक खण्डबाट १०२ वटा बोर्ड हटाइएको छ।
पहिलो दिन पूर्वमा गौशालाबाट ९४ वटा, कालीमाटीबाट ५३ वटा, महाराजगन्ज चोकबाट ८० वटा र रामशाह पथ पुतलीसडकबाट ४८ वटा गरी २७५ वटा सामग्री हटाइएको नगर प्रहरी निरीक्षक गाछाले जानकारी दिए।
उनका अनुसार ३० वर्ग फिटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ। एकभन्दा बढी बोर्ड भए र ३० वर्ग फिटभन्दा ठूलो आकारको भए हटाइएको छ। बोर्ड हटाउन १५ जनाको टोली बनाएर खटिइएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
