मकवानपुर–१ मा डिनाको अग्रता, दीपक सिंह तेस्रोमा

मकवानपुर–१ मा १३ सय ३५ मत गणना हुँदा कांग्रेसकी उपाध्यायले ७८९ मत ल्याएकी छन्।

काठमाडौं– मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता कायम गरेकी छन्। 

१३ सय ३५ मत गणना हुँदा कांग्रेसकी उपाध्यायले ७८९ मत ल्याएकी छन्। 

एमालेको सूर्य चिह्न लिएर उठेका राप्रपा नेपालका कमल थापाले ३५१ मत प्राप्त गरे। राप्रपाका दीपकबहादुर सिंह ५० मत ल्याए।