काठमाडौँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह चाैथाेपटक विजयी भएका छन्।
काठमाडौँ– काठमाडौँ क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह चाैथाेपटक विजयी भएका छन्।
बिहान सम्पन्न मतगणनामा सिंहले सात हजार १४३ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी राप्रपाका रवीन्द्र मिश्रले सात हजार १८ मत पाए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले चार हजार ११५ ल्याए।
नेकपा एमालेका किरण पौडेल चौथो बने। उनले तीन हजार ५३३ र सुशासन पार्टीका रमेश खरेलले तीन हजार १२४ मत प्राप्त गरेका छन्।
सिंह यो क्षेत्रबाट २०६४ सालदेखि निरन्तर निर्वाचित भइरहेका छन्। २०७४ सालको आमनिर्वाचनमा उनले तत्कालीन विवेकशील साझा पार्टीबाट उम्मेदवार भएका रवीन्द्र मिश्रलाई नै पराजित गरेका थिए। त्यतिबेला सिंहले १० हजार ९३६ मत पाउँदा मिश्रले १० हजार ११८ मत पाएका थिए।
सिंह ऐतिहासिक राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेका कांग्रेस नेता गणेशमान सिंहका छोरा हुन्। उनको राजनीति काठमाडौँ जिल्लाबाट शुरु भएको थियो। कांग्रेस काठमाडौँको सभापति, केन्द्रीय सदस्य, महामन्त्री हुँदै उपसभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। उनी प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा संघीयमन्त्री भएका थिए। विभिन्न समयमा उनी जनसंख्या तथा वातावरण मन्त्री, आपूर्ति मन्त्री, स्थानीय विकास मन्त्री र भौतिक योजना तथा निर्माण मन्त्रीसमेत बनेका थिए। सिंह गणेशमान सिंह फाउण्डेशनका कार्यकारी अध्यक्ष हुन्।
दुई दशकअघि शेरबहादुर देउवा नेतृत्वमा कांग्रेस विभाजित हुँदा उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) को उपसभापति भएका थिए। राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको पतनपछि उनी नयाँ अन्तरिम व्यवस्थापिकाको मनोनीत सदस्य भएका थिए। कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक)को एकीकरणपछि उनी उपसभापति यथावत् रहे।
सिंह २०४८ मा काठमाडौं ४ बाट र २०५१ को निर्वाचनमा काठमाडौं ३ बाट उम्मेदवार बनेर पराजित भएका थिए। त्यसपछि उनी राष्ट्रिय सभा सदस्य भएका थिए। २०६४ को संविधानसभा निर्वाचनमा उनी काठमाडौं–१ बाट उम्मेदवार भएर सिंह १४ हजार ३१८ मतसहित विजयी हुँदा एमालेका प्रदीप नेपालले ६ हजार ७८९ मत पाएका थिए। तेस्रो भएका माओवादी उम्मेदवार डा.राममान श्रेष्ठले चार हजार ८३६ मत पाए।
त्यस्तै २०७० को दोस्रो संविधानसभामा पनि यही क्षेत्रबाट विजयी भएका थिए। उक्त निर्वाचनमा सिंहले १५ हजार १३८ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी तत्कालीन एकीकृत माओवादीकी रेणु दाहालले ४ हजार ६४ मत पाएकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
