बर्दिया- २ बाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतले पछि पार्दै लालवीर चौधरी विजयी भएका छन्।
बर्दिया– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जिल्लाको निर्वाचन क्षेत्र नम्बर-२ बाट स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन्।
गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई १३६ मतले पछि पार्दै उनी विजयी भएका हुन्। चौधरीले २६ हजार ५२० मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार ३८४ मत प्राप्त गरे।
यसैगरी नेकपा (एमाले)का पंकजसिंह राठौरले १६ हजार ९० मत प्राप्त गरे भने राप्रपाका विनय रावलले १३ हजार २९२ मत प्राप्त गरे। विजयी चौधरी रेशम चौधरीका बुबा हुन्। रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको थियो।
क्षेत्र नं. २ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार १९९ मत खसेको थियो भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
बर्दिया–१ (१) मा नेपाली कांग्रेसका थारू निर्वाचित
बर्दिया क्षेत्र नं २(१) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेस भुवनेश्रर थारू विजयी भएका छन्।
उनले १६ हजार ४७५ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का शालिकराम अधिकारीले १६ हजार ३८४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो निर्वाचन क्षेत्रमा ५० हजार ८६५ मत खसेकामा दुई हजार १२९ मत बदर भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
