नवलपरासी पूर्व–१ बाट शशांक विजयी

नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार शशांक कोइराला निर्वाचित भएका छन्।

काठमाडौं– नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार शशांक कोइराला निर्वाचित भएका छन्।

कोइरालाले २७ हजार ६७ मत ल्याएर एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे। पौडेलले २५ हजार ४७ मत प्राप्त गरे।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे।