मोरङ- ३ बाट नेपाली कांग्रेसका सुनील शर्मा विजयी भएका छन्। एमालेका भानुभक्त आचार्य र राप्रपाकी रेखा थापा पराजित भएका छन्।
मोरङ– मोरङ-३ मा नेपाली कांग्रेसका डा. सुनील शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनी सत्ता गठबन्धनका तर्फबाट ४८ हजार ६१३ मतका साथ विजयी भएका हुन्।
मोरङ-३ निर्वाचन अधिकृत रामहरि काफ्लेका अनुसार शर्माले नेकपा (एमाले)का भानुभक्त ढकाललाई २२ हजार ७१६ मतान्त्रले पराजित गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी ढकालले २५ हजार ८९७ मत पाएका छन्।
त्यस्तै, राप्रपाकी नेत्री तथा नायिका रेखा थापाले १० हजार ९९८ मत प्राप्त गरिन्। राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले २ हजार ६२६ मत प्राप्त गरे।
निर्वाचन आयोग मोरङ-३ ले विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेको छ। प्रमाणपत्र कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुनील शर्माले जनताको मतको कदर गर्दै इमान्दारपूर्वक काम गर्ने बताए।
एक लाख नौ हजार ८३३ मतदाता रहेको मोरङ-३ मा ९७ हजार ४६८ जनाले मतदान गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
