सुनसरी–१ मा अशोक राईको अग्रता, पछ्याउँदै रास्वपा

सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई जनता समाजवादी पार्टीका अशोककुमार राईले चार मतले पछि पारेका छन्।

काठमाडौँ– सुनसरीको क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले अग्रता लिएका छन्। 

पछिल्लो परिणाम अनुसार राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई चार मतले पछि पारेका छन्। यसअघि तामाङले अग्रता लिँदै आएकी थिइन्। 

राईले १३ हजार ८०१ मत पाएका छन् भने तामाङको १३ हजार ७९७ मत छ।