अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र नहटाए प्राधिकरणले नै हटाउने

उपत्यका विकास प्राधिकरणले अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन भनेको छ। उक्त सयममा संरचना नहटाइए प्राधिकरण आफैँ हटाउने र त्यसबापतको लागत सम्बन्धित संरचनाधनीबाट असुल्ने चेतावनी समेत दिएको छ।

काठमाडौँ- काठमाडौँ उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ। 

प्राधिकरणले ३५ दिनभित्र त्यस्ता संरचना नहटाए आफैँ हटाउन थाल्ने र त्यसबापतको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ।

प्राधिकरणले काठमाडौँ उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनालाई हटाउन भनेको हो।