घुर्केश गाउँमा गुरुङ समुदायको बसोबास छ। गाउँका १४ घरमा होमस्टे सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको छ।
मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ। पर्यटन प्रवर्द्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका हुन्।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले होमस्टेबाट स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। “नजिकै रहेको गढीमा अध्ययन अवलोकनका लागि पर्यटक आउने गर्छन्, धेरै पर्यटक आउँदा गढीका होमस्टेमा बास नै पाइँदैन ती पर्यटक यहाँ बास बस्न आउँछन् जसले गर्दा स्थानीयको आयआर्जनमा टेवा पुग्छ,” उनले भने।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामनामा पर्यटन प्रवर्द्धनका साथै स्थानीयको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले होमस्टे सञ्चालनमा जोड दिइएको बताए। घुर्केश गाउँका १४ घरमा होमस्टे सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको छ। होमस्टे प्रवर्द्धन कार्यक्रमले यहाँको पहिचान गुरुङ समुदायको संस्कृति, रीतिरिवाज, रहनसहन, भेषभुषा, आर्थिक आम्दानीलगायतमा टेवा पुर्याउने बताइएको छ।
घुर्केश गाउँमा गुरुङ समुदायको बसोबास छ। पूर्ववडाध्यक्षसमेत रहेका स्थानीय चित्रबहादुर गुरुङका अनुसार यहाँ कृषि बैंकसमेत सञ्चालनमा रहेको थियो। त्यस बेला बैंक सञ्चालन भएको घरलाई अहिले पनि ‘बैंक घर’ भनेर चिनिन्छ। सोही घरमा पनि अहिले होमस्टे सञ्चालनमा रहेको छ।
यसअघि भौगोलिक विकटता र प्रचारप्रसार हुन नसक्दा यो गाउँ ओझेलमा परेको उनले बताए। तर अहिले गाउँमा सडक बाटो बनेपछि भने पर्यटक आउन थालेका छन्। इच्छाकामनाको पर्यटकीयस्थलका रूपमा परिचित एतिहासिक उपरदाङगढी किल्ला र मायाटार नजिकै रहेको घुर्केश गाउँमा होमस्टे सञ्चालनसँगै पर्यटकको आवागमन वृद्धि हुने स्थानीयको अपेक्षा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
