दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारीसाधनको यन्त्रिक परीक्षण थालेको छ। सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको हो।
काठमाडौँ- दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण शुरूआत गरेको छ।
बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको हो।
साताव्यापीरूपमा गरिने परीक्षणलाई धुञ्चेस्थित छ्योलिङ फ्रेण्डसिप ग्रुप वर्कशप धुञ्चेले निःशुल्क सहयोग गरिरहेको ट्राफिक प्रहरी कार्यालय रसुवाले जनाएको छ।
रसुवा ट्राफिक प्रमुख उज्जवलकुमार घलेका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको निर्देशनमा पासाडल्हामु मार्गमा गुड्ने सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण थालिएको हो।
यही मंसिर २५ गतेबाट सुरू गरिएको यान्त्रिक परीक्षणअन्तर्गत दुई दिनमा आधा दर्जन मोटरसाइकलमा भने खराबी भेट्टिएको र पूर्णरूपको मर्मत गरेर मात्र सञ्चालन गराउन सुझाव दिइएको छ। सवारी नियम उल्लंघन गर्ने सयाैँ सवारीधनी कारबाहीमा परिसकेको ट्राफिक प्रमुख घलेले जानकारी दिए।
चीनसँगको कारोबार गर्ने नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाकासमेत भएका कारण यहाँ मालसामग्री लिन आउने अधिकांश सवारीसाधनले यातायात कार्यालयबाट प्रदान गर्ने सडक अनुमतिपत्र नल्याउने, बिलबुक तथा सवारी चलाउने अनुमतिपत्रलगायतका आवश्यक कागजात नबोक्ने, ट्राफिक नियम पालना नगर्ने समेत समस्या रहेको बताइएको छ।
यस्तै रसुवा जिल्ला पर्यटकीय क्षेत्रसमेत भएको र तोकिएको सवारी प्लेटभन्दा अन्य सवारीसाधनले समेत नियमविपरीत पर्यटक बोक्ने गरेका कारण त्यस्ता सवारीसाधनसमेत कारबाहीमा पर्ने गरेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
