बिहीबार कालिका कन्स्ट्रक्सनको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि धनगढी बजार तनावग्रस्त बनेको छ।
कैलाली– धनगढी-५ हसनपुरमा ग्रेडरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि धनगढी बजार तनावग्रस्त बनेको छ।
धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर–पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान १०:२० बजे कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएर कुल्चिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। बालिका साइकलमा विद्यालय जाँदै गर्दा सडकको लेबल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ग्रेडरले ठक्कर दिएको थियो।
ग्रेडर चालक चितवन भरतपुर महानगरपालिका-२८ का २७ वर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले मृतक बालिकाको शव घटनास्थलमा नै रहेको छ भने स्थानीयले सडकमा प्रदर्शन गरिरहेका छन्। घटनास्थलमा आफन्त र स्थानीयले विरोध गर्दा सवारी आवागमन ठप्प बनेको छ। घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
