वर्षमा विश्वभर करिब ६० वटा ज्वालामुखी विस्फोट हुने गर्छन्। तीमध्ये केही हानिकारक हुन्छन् भने केही विनाशकारीसमेत हुने गरेका छन्।
अमेरिकाको हवाइ राज्यमा संसारको सबैभन्दा ठूलो माउना लोवा ज्वालामुखी सक्रिय छ। सोही स्थानमा सन् १९८४ पछि पहिलोपटक ज्वालामुखी विस्फोट भएको छ। केही दिनअघि विस्फोट भएको ज्वालामुखीबाट एक हजार डिग्री सेल्सियस तापक्रमको लाभा निस्कने क्रम जारी छ।
तीन दिनअघि विस्फोट भएको ज्वालामुखीबाट लाभा बग्ने क्रम जारी छ।
प्रशान्तीय क्षेत्र आसपासको भएको ज्वालामुखी विस्फोटबाट हाल कुनै मानवीय खतरा नरहेको र ज्वालामुखीको लाभा बस्तीसम्म पुग्न हप्तौँ लाग्ने विज्ञहरू बताउँछन्।
निश्चित दिशातर्फ बगिरहेको लाभाले पुर्याउने क्षतिभन्दा लाभाबाट निस्किएको हानिकारक ग्यासबाट हुने वायु प्रदूषणको जोखिम बढी छ।
ज्वालामुखीबाट निस्किने सल्फर डाइअक्साइड र क्लोरिक, हावाको आद्रतासँग मिसिँदा हुने रासायनिक प्रतिक्रियापछि हानिकारक धुवाँको मुस्लो निस्कन्छ।
‘भोल्किानिक फग’ भनिने यो हानिकारक धुवाँले मानिसको आँखामा असर पुग्नुका साथै श्वासप्रश्वासमा कठिनाइ हुने गर्छ।
माउना लोवा विस्फोटमा हालसम्म हानिकारक धुवाँको जोखिम नरहेको तर कुनैपनि बेला स्थिति खराब हुनसक्ने भन्दै स्वास्थ्य अधिकारीहरूले स्थानीयलाई सतर्क हुन भनेका छन्।
त्यस्तो अवस्था आए झ्यालढोका लगाएर घरभित्रै बस्न स्थानीयबासीलाई सरकारले सल्लाह दिइसकेको बीबीसीले उल्लेख गरेको छ।
माउना लोवा
हवाइको स्थानीय भाषामा माउना लोवा भनेको ‘लामो पहाड’ हो। ५ हजार २७१ स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिएको यो क्षेत्र ज्वालामुखी पाँचवटा शृंखलामध्ये एक हो। साथै, यस क्षेत्रमा विश्वकै ठूलो सक्रिय ज्वालामुखी छ।
सन् १८४३ मा पहिलोपटक विस्फोट भएको सो ज्वालामुखी हालसम्म ३३ पटक गइसकेको छ। औसतमा हरेक पाँच वर्ष आसपासमा विस्फोट हुने यो ज्वालामुखी अहिले भने ४० वर्षपछि विस्फोट भएको हो। त्यस क्षेत्रमा १० वर्षअघि नै विस्फोट हुने संकेत देखिए पनि म्याग्मा ननिस्किएको बेलायी लिड्स विश्वविद्यालयका भूगर्भ विज्ञानका प्रोफेसर एन्ड्र्यु हुपरको भनाइ छ।
अहिलेको माउना लोवा विस्फोटले नयाँ पुस्ताका वैज्ञानिकलाई ज्वालामुखी कसरी हुन्छ भन्ने अध्ययनको अवसर दिएको प्रोफेसर हुपरले बताए।
माउना लोवाभित्र लाभा कहाँ जम्मा हुन्छ र विस्फोट हुनुअघि पृथ्वीको सतहमा कसरी बस्छ भन्ने कुरा हेर्न रमाइलो अनुभव हुने उनको भनाइ छ।
ज्वालामुखीबारे तथ्य
वर्षमा विश्वभर करिब ६० वटा ज्वालामुखी विस्फोट हुने गर्छन्। तीमध्ये केही हानिकारक हुन्छन् भने केही विनाशकारीसमेत हुने गरेका छन्। विश्वमा अहिले करिब १५०० वटा सक्रिय ज्वालामुखीका क्षेत्र छन्।
सक्रिय ज्वालामुखी क्षेत्र भनेका अहिले ज्वालामुखी गइरहेका क्षेत्र होइनन्। तर ती क्षेत्र पछिल्लो समय सक्रिय भएर नयाँ विस्फोटको जोखिम रहेको भन्ने बुझिन्छ।
ब्रिस्ट्रोल विश्वविद्यालयको तथ्यांकअनुसार सन् १५०० देखि हालसम्म ज्वालामुखीमा परी २ लाख ८० हजार मानिसले ज्यान गुमाएका छन्। तीमध्ये १ लाख ७० हजारको ज्यान ६ वटा ज्वालामुखीमा परी गएको छ। २२ वर्षयता मात्रै ज्वालामुखीमा परी २ हजार जनाले ज्यान गुमाएको तथ्यांक छ। यीमध्ये अधिकांश फिलिपिन्स, इन्डोनेशिया, कंगो र जापानमा ज्वालामुखी फुट्नुअघि बगेको लेदोमा परी ज्यान गुमाएका हुन्।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
