न्यायाधीश गिरीविरुद्ध बन्धक बनाएर लगातार बलात्कार गरेको र पटकपटक गर्भपतन गराउन लगाएको आरोप लगाउँदै राष्ट्रिय मानवअधिकार आयोग र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी परेको छ।
काठमाडौँ– कपिलवस्तुका जिल्ला न्यायाधीश भूवन गिरीमाथि बलात्कारको आरोप लागेको छ। गिरीकी श्रीमतीले आफूलाई पाँच वर्षदेखि बन्धक बनाएर लगातार बलात्कार गरेको र पटकपटक गर्भपतनसमेत गराउन लगाएको आरोप लगाउँदै उनीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोग र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएकी छन्।
“उनले (गिरीले) मलाई झुक्याएर विवाह गरे। मलाई बन्धक बनाए। आफ्नो जता सरूवा भयो त्यतै लगेर राखे। बलात्कार गरिरहे। दुई पटकसम्म गर्भपतन गर्न लगाए। कुटपिट गरिरहे। त्यसैले म उनीविरुद्ध उजुरी दिन बाध्य भएँ”, गिरीकी श्रीमतीले भनिन्। तर, प्रहरीले आफ्नो उजुरी दर्ता गर्न नमानेपछि राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी दिएको उनको भनाइ छ।
राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले प्रहरीले आफ्नो उजुरी दर्ता गर्न नमानेको भन्दै ती महिलाले आयोगमा उजुरी दिएको बताइन्। “आफूलाई बन्धक बनाई पटकपटक बलात्कार गरेको, गर्भपतन पनि गराउन बाध्य पारेको र बारम्बार कुटपिट गरेको भन्ने आरोप महिलाको छ। यसबारे अनुसन्धान गर्न हामीले प्रहरीलाई पत्र लेखिसकेका छौं”, थापाले भनिन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक एसपी प्रेमबहादुर बस्नेतले उजुरी आएको पुष्टि गरे। “श्रीमतीले श्रीमानलाई बलात्कारको आरोप लगाएर उजुरी दिनु भएको छ। श्रीमान्ले श्रीमतीलाई चोरीको आरोप लगाएर उजुरी दिनु भएको छ। हामीले दुवै उजुरीबारे प्रारम्भिक अनुसन्धान शुरू गरेका छौँ", उनले भने।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक डिएसपी मीनबहादुर घलेले भने अहिलेसम्म महिलाको उजुरी दर्ता नभएको बताए। उनले पनि उजुरीमाथि प्रारम्भिक अनुसन्धान शुरू गरेको बताए। तर, उजुरी किन दर्ता भएन भन्नेबारे उनले केही खुलाएनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
