सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग नयाँ संसद्मा छलफल हुने बताएका छन्।
काठमाडौँ– सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग नयाँ प्रतिनिधिसभामा छलफल हुने बताएको छ।
बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग नयाँ संसद्मा छलफल हुने बताएका हुन्।
उनले महाभियोगमाथि छलफल भएको प्रतिवेदन नयाँ गठित प्रतिनिधिसभामा छलफल हुने विषय जीवित रहेको बताए। उनले महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएको बताए। उनले अब आउने प्रतिनिधिसभामा छलफल भएर मात्रै प्रधानन्याधीशमाथिको महाभियोगको टुंगो लाग्ने बताए।
"जहाँसम्म प्रतिनिधिसभामा चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन गठित अर्को प्रतिनिधिसभामा छलफल हुने विषय जीवितै छ", उनले भने, "महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो। यसको छलफल अब आउने प्रतिनिधिसभामा छलफल भएर निर्णयमा पुग्छ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
