कार्यालय परिसरकाे फाेहाेर ३५ दिनभित्र हटाउन काठमाडौँ महानगरकाे निर्देशन

काठमाडौँ महानगरपालिकाले आफ्नाे कार्यालय परिसर नियमित सफा नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएकाे छ।

काठमाडाैँ– काठमाडौँ महानगरपालिकाले आफ्नाे कार्यालय परिसर नियमित सफा राख्न निर्देशन दिएकाे छ।

बुधबार सार्वजनिक सूचना जारी गर्दै महानगरले कार्यालय परिसर सफा नगरेकाे पाइए कारबाही गर्ने चेतावनी दिएकाे हाे। सूचनामा फोहोर भए ३५ दिनभित्र व्यवस्थापन गर्न अल्टिमेटम दिएको हाे। कार्यालय परिसर सफा नहुँदा सहरकाे सुन्दरतामै ह्रास आएको सूचनामा उल्लेख छ।

“महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरलाई नियमित सरसफाइ नगरेका कारण सहरी सुन्दरतामै ह्रास आएको छ,” सूचनामा भनिएकाे छ, “कार्यालय परिसरमा रहेका छरपस्ट पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैला ३५ दिनभित्र आफैँ व्यवस्थापन नगरे प्रचलित कानुन बमोजिम दण्ड जरिबाना हुनेछ।” 

फाेहाेर व्यवस्थापन गर्नु हरेक नागरिक र निकायकाे दायीत्व रहेकाे महानगरले सुझाएकाे छ।