दक्षिण भारतमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु

प्रहरीका अनुसार पाँचै जनाको शव निकालिएको छ। घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

भारतको दक्षिणी राज्य तेलंगनामा शनिबार बिहान तालमा कार खस्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ।

यादद्री भुवनगिरि जिल्ला जलालपुर नजिकै दुर्घटना भएको हो। हैदरावादबाट भुदन पोचमपल्ली क्षेत्रमा तीव्र गतिमा गुडिरहेको कार दुर्घटनामा परेको बताइएको छ।

प्रहरीका अनुसार पाँचै जनाको शव निकालिएको छ। घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।