अनुसन्धानकर्ताले पुरानो अनुसन्धानको समेत अध्ययन गरी सर्पको शारीरिक संरचना, हिस्टोलोजीमार्फत् सूक्ष्मरूपमा यौनांगको पहिचान गरेका हुन्।
अमेरिका र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले पोथी सर्पको यौनांग पत्ता लगाएका छन्। यसअघि पोथी सर्पहरूमा यौनांग भए/नभएकोबारे विभिन्न टीकाटिप्पणी र कथन रहँदै आएकोमा अन्ततः वैज्ञानिकहरूले यौनांग पत्ता लगाएका हुन्।
यसअघि पोथी सर्पको यौनांग हुँदैन भन्ने कुरामा धेरै अध्येता सहमत थिए। तर ‘प्रोसिडिङ अफ द रोयल सोसाइटी बी’ जर्नलमा प्रकाशित नयाँ अध्ययनले सर्पको यौनांग (क्लिटोरिस वा हेमिक्लिटोरिस) पत्ता लगाई यसको आकारप्रकारको समेत वर्णन गरिएको छ।
पोथी सर्पको यौनांगबारेको यो पहिलो र विस्तृत जानकारी हो।
अस्ट्रेलियाको एडेलैड विश्वविद्यालयका पिएचडी अध्ययनरत मेगन फोलवेलको नेतृत्वको अनुसन्धान टोलीले कोषिका र रक्त कोषहरूको बढी मात्रा रहेको मुटु आकारको अंग नै यौनांग भएको पत्ता लगाएका थिए। जुन सहवासका बेला फुलिने र सक्रिय हुने गर्ने बताइएको छ।
यो महत्त्वपूर्ण छ, किनकि सर्पले सहवासका लागि लोभ्याउने नभई बाध्य पार्ने गरेको बायोलोजिस्ट केट स्यान्डर्सको भनाइ छ।
अनुसन्धानकर्ताको टोलीले सर्पको यौनांग सक्रिय हुने र यो प्रजातिअनुसार फरक-फरक हुनसक्ने र भविष्यमा हुनसक्ने सहवासका बानी व्यवहारअनुसार फरक पर्ने निष्कर्ष निकालेको छ। साथै, पोथी सर्पको यौनांग सहवासका बेला संवेदनशील बन्ने, लामो समय सहवास गरिरहन प्रेरित गर्ने, गर्भधारणको राम्रो अवसर दिनुका साथै राम्रा सन्तान जन्माउन पनि महत्त्वपूर्ण रहने प्राक्कल्पना समेत अनुसन्धानकर्ताको टोलीले गरेको छ।
अनुसन्धानकर्ताको टोलीले पुरानो अनुसन्धानको पनि अध्ययन गरी सर्पको शारीरिक संरचना, हिस्टोलोजी (शरीरका कोषिका र संरचनाको अध्ययन) मार्फत् सूक्ष्मरूपमा पहिचान गरेका थिए।
जसका लागि दुईवटा मरेका सर्प (डेथ एडर) को शरीरको संरचना अध्ययन गर्दा यौनांग पत्ता लागेको वैज्ञानिकहरूले बताएका छन्। थ्री डी एक्स–रे स्क्यानिङ प्रविधि र विच्छेदनमार्फत अनुसन्धानकर्ताहरूले पोथीको यौनांगबारे अनुसन्धान गरी भाले सर्पको यौनांग (हेमीपिनस) सँग तुलना गर्न सक्षम भएका थिए।
सर्पको हेमिपेन्सबारे दशकौँदेखि अध्ययन हुँदै आएको थियो। यिनीहरूको यौनांग फिजारिँएको र छालाका काँडाहरूमा जोडिएको हुने पत्ता लागेको थियो। तर पोथी सर्पको यौन अंगलाई तुलनात्मक रूपमा बेवास्ता गरिँदै आएको थियो।
पोथीका यौनांगहरू समाजमा निषेधका रूपमा रहेको र वैज्ञानिकहरूले पोथी सर्पको यौनांग पत्ता नलगाएकाले पनि एउटै सर्पमा भालेपोथी दुवै यौनांग हुने कुरा धेरैले स्वीकार गर्दै आएको अनुसन्धानकर्ता मेगन फोलवेल बताउँछिन्।
सर्पबारेका कुनै पनि साहित्यमा पोथी सर्पको यौनांगबारे उल्लेख नभएको र भएपनि उद्विकासका क्रममा हराएर गएको भन्ने पढेको अनुभव सुनाउने वैज्ञानिक फोलवेलले भनिन्, “यो कुरा मलाई सही लागेन त्यसैले पोथी सर्पको यौनांगको संरचना कहाँ छ वा हामीले कतै बिरायौँ भनेर आफैँले हेर्न चाहन्थेँ।”
यसअघिको अनुसन्धानले पोथी सर्पको पुच्छरतर्फको भागमा भएको एक अंगलाई ‘सेन्ट ग्लान्ड’ अर्थात् गन्ध ग्रन्थि वा हेमिपेनका रूपमा पहिचान गरिएको थियो। तर त्यो गन्ध ग्रन्थि नभई पोथी सर्पको यौनांग भएको नयाँ अध्ययनले पुष्टि गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
