जगदुल्ला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् रुकुमपश्चिमको बाफिकोटस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जोड्ने याेजना छ।
डोल्पा– जगदुल्ला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्नका लागि विस्तृत अध्ययन थालिएको छ।
जगदुल्ला जलविद्युत् कम्पनी र उद्धय जेभीबीच प्रसारण लाइन बनाउने सम्झौता भएको हो। प्रसारण लाइनले डोल्पाको इलबाट उत्पादन भएको विद्युत् रुकुमपश्चिमको बाफिकोटस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जोड्ने छ।
कम्पनीका प्रबन्ध निर्देशक प्रकाश अधिकारीका अनुसार जगदुल्लाबाट १०६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। अर्ध जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले बताए।
अहिलेसम्म आयोजनास्थलको मुआब्जा वितरण गरेर संरचना निर्माण भइरहेको उनकाे भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
