संयुक्त राष्ट्रसंघले २०१९ पुस १ गते नेपालको राष्ट्रिय झण्डालाई अंगीकृत गरेको थियो। सोही दिनलाई राष्ट्रिय झण्डा दिवसका रूपमा मनाउने गरिएको छ।
काठमाडौं– नेपालमा शुक्रबार पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ। संयुक्त राष्ट्रसंघले नेपालको राष्ट्रिय झण्डा अंगीकृत गरेको दिनको सम्झनामा हरेक वर्ष पुस १ गते राष्ट्रिय झण्डा दिवस मनाउने गरिन्छ।
काठमाडौंको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्याली गरिएको छ। २०१९ साल पौष १ गते राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरिएको थियो।
र्यालीपश्चात् आयोजना गरिएको कार्यक्रममा दिवसका संस्थापक राजानन्द माण्डव्यले नेपालमा झण्डाको दुरुपयोग भइरहेकाले सचेतना फैलाउन पनि दिवस मनाइएको बताए। गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्नेमा उनको जोड छ।
सरकारी निकायबाटै नेपालको झण्डा दुरूपयोग हुने गरेकाले सचेत बन्नुपर्ने सहभागीले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
