टोखा–२ को नगर क्षेत्रभित्र भेटिएको करिब २१६ सेन्टिमिटर लामो संरचनामा माआपा (मल्लकालीन इँटा) को प्रयोग भएको छ। कोठा आकारको संरचनाको गारो १८ इन्चको र दुई पर्खालबीचको भाग ४२ इन्चको छ।
काठमाडौँ– टोखास्थित तलेजु मन्दिरको पछिल्लो भागमा फल्चा निर्माणका लागि जग खन्दैगर्दा गएको मंसिर २६ गते अनौठा वस्तु फेला परे। केही गहिरो खनेपछि पुरातात्विक संरचना नै भेटियो।
अनौठो संरचना भेटिएको भन्दै काम रोक्न लगाएर स्थानीय श्याम श्रेष्ठले वडा कार्यालयमा जानकारी दिए। सो स्थानमा टोखा नगरपालिका वडा नं. २ ले फल्चा बनाउने जिम्मा उपभोक्ता समितिलाई दिएको थियो। त्यसका लागि १५ लाख रुपैयाँ बजेट पनि दिएको थियो।
स्थानीय केहीले त्यहाँ भेटिएको संरचना पुरानो इनारको हुनसक्ने बताएका थिए। कतिपयले भने कुनै कालखण्डको राजदरबारको संरचना हुने अड्कल काटे। तर, फल्चा निर्माण शुरू गर्नुअघि त्यहाँ कुनै प्रकारको अन्य संरचना नभएको र छेउछाउमा ठूला दुई रुख मात्र रहेको श्रेष्ठ बताउँछन्।
पुरातात्विक महत्त्वका वस्तु भेटिएपछि अहिले निर्माण रोकिएको छ। वडा कार्यालयले पुरातत्व विभागलाई खबर गरेपछि उक्त संरचनाको परीक्षण थालिएको छ।

टोखा–२ को नगर क्षेत्रभित्र भेटिएको करिब २१६ सेन्टिमिटर लामो संरचनामा माआपा (मल्लकालीन इँटा) को प्रयोग भएको छ। १८ इन्चको गारो छ। संरचनाको आकार कोठाजस्तो छ। लम्बाइतर्फ दुई पर्खालबीचको भाग ४२ इन्चको छ।
टोखा नेवार समुदायको पुरानो बस्ती हो। टोखा तलेजु मन्दिरका नाइके हेमराज श्रेष्ठ पुरातात्विक अवशेष भेटिएको ठाउँमा पहिला तीन वटा फल्चा रहेको आफूले सुनेको बताउँछन्। उनका अनुसार पहिलो फल्चामा गाउँको द्वारे, नाइके, दोस्रोमा किसानले धिमे बजाउने तथा अर्को फल्चामा कुसले, माली गरी तीन वटा पार्टी रहेको जनश्रुति छ। ९० सालअघि भुकम्पपछि, कोथु गणेशको द्येः छे (देवताको घर) र एउटा इनार पनि रहेको आफूले सुनेको उनको भनाइ छ।

पुरातत्वविद् भास्कर ज्ञवाली उक्त संरचना कति महत्त्वपूर्ण छ भनेर अहिल्यै भन्न नसकिने बताउँछन्। यद्यपि, प्रारम्भिक अध्ययनमा उक्त संरचना मल्लकालीन हुनसक्ने ‘क्लु’ फेला परेको उनको भनाइ छ।
“संरचनामा पाएको माआपा इँटा र मुडमोटर (माटोको सुर्की) को कारण मल्लकालीन हुनसक्ने हाम्रो अनुमान छ। यत्तिकै निश्कर्ष निकाल्न मिल्दैन”, ज्ञवाली भन्छन्, “यद्यपि, संरचना कति गहिरो र यसको प्रयोजन केको लागि थियो भन्ने प्रारम्भिक अध्ययनबाट थाहा नहुने हुँदा थप अध्ययन पछि मात्र भन्न मिल्छ।”

ज्ञवालीका अनुसार, उक्त संरचना माथिदेखि तलसम्म गरी एक ‘फेज’ मा बनेको छ। संरचनाको ‘कल्चर डोपिजिट’ भने विभिन्न फेजमा भएको उनी बताउँछन्। अर्थात्, माथिल्लो भागमा आधुनिकका संरचना र पिधँको भागमा पुग्दा पुरानो शैलीमा बनेको छ। यद्यपि, इँटाहरूको भिन्न आकार तथा शैली छ।
जग खन्ने क्रममा संरचनाको मुखडा काटिँदा अध्ययनमा केही जटिलता हुने र समय लाग्ने देखिएको छ। यद्यपि, हालसम्म संरचनाको भुईंपछिको तल्लाको भाग नखनिएको कारण अन्य भागका आधारमा विभागले अध्ययन गर्ने जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
