संघीय संसद्का महासचिव गौतमले अख्तियारको पत्रका आधारमा सांसद गुरुङ भ्रष्टाचार निवारण ऐन २०७५ को दफा ३३ बमोजिम स्वतः निलम्बनमा परेको जानकारी दिए।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङ निलम्बनमा परेका छन्। संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै गुरुङ निलम्बनमा परेको जानकारी दिएका हुन्।
प्रतिनिधिसभा सदस्य गुरुङउपरको भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बन रहने कानुनी व्यवस्था कार्यान्वयन गर्न पत्र लेखेको थियो।
अख्तियारले पुस ८ गते संसद् सचिवालयलाई पत्र पठाएको थियो। गुरुङविरुद्ध २०७५ माघ २१ गते विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएर विचाराधीन अवस्थामा रहेको अख्तियारले जनाएको छ।
महासचिव गौतमले आयोगको पत्रका आधारमा सांसद गुरुङ भ्रष्टाचार निवारण ऐन २०७५ को दफा ३३ बमोजिम पुस ८ गतेदेखि स्वतः निलम्बनमा परेको जानकारी दिएका हुन्।
गुरुङ गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा मनाङबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। नेपाली कांग्रेसका गुरुङले २ हजार ५७५ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका पोल्देन छोपाङ २ हजार २४७ मत ल्याएका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
