नेकपा एमाले त्यागेर स्वतन्त्रबाट निर्वाचन लडेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रभु साहले आम जनता पार्टी गठन गरेका छन्।
काठमाडौँ– निर्वाचनको मुखैमा नेकपा एमाले त्यागेर स्वतन्त्रबाट निर्वाचन लडेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका प्रभु साहले नयाँ पार्टी खोलेका छन्। बिहीबार काठमाडौँमा आयोजित औपचारिक कार्यक्रमबीच साहले आम जनता पार्टीको घोषणा गरेका हुन्।
बिहीबार साहको अध्यक्षतामा सो पार्टीको विस्तारित बैठकसमेत बसेको थियो। बैठकले पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आम जनता पार्टीको अन्तरिम विधान २०७९ पारित गरेको छ। त्यस्तै, बैठकले पार्टीको विधानबमोजिम साहको नेतृत्वमा ५१ सदस्यीय तदर्थ समिति गठन गरेको छ। साथै प्रदेश इन्चार्जको जिम्मेवारीसमेत तोकेको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
पार्टीले प्रदेश १ को अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित राम, मधेश प्रदेशको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, बागमती प्रदेशको अध्यक्षमा नाग्गेल मोक्तान र इन्चार्जमा बद्रीप्रसाद न्यौपाने, गण्डकी प्रदेशको अध्यक्षमा राजन यादव, लुम्बिनी प्रदेशको अध्यक्षमा परमान्द बर्मा र इन्चार्जमा रीतादेवी यादव, कर्णाली प्रदेशको अध्यक्षमा सियाराम कुश्वाहा र इन्चार्जमा उपेन्द्र साह र सुदूरपश्चिम प्रदेशको अध्यक्षमा केशव राय चौधरी र इन्चार्जमा कुन्दन कुश्वाहलाई जिम्मेवारी तोकेको छ।
त्यस्तै, पार्टीले जनवर्गीय संगठन र विभागको जिम्मेवारी पनि तोकेको छ। आईटी आर्मीको अध्यक्षमा चन्द्रभूषण साह र इन्चार्जमा प्रभु साह, आम दलित मोर्चाको अध्यक्षमा चन्द्रेश्वर बैठा र इन्चार्जमा रामप्रित राम, आम महिला मोर्चाको अध्यक्षमा कान्ति महतो र इन्चार्जमा करिमा बेगम, आम विद्यार्थी मोर्चाको अध्यक्षमा विवेक साह र इन्चार्जमा उमेश कुश्वाह र आम किसान मोर्चाको अध्यक्षमा किताब तामाङ र इन्चार्जमा कुन्दन कुशवाह, आम बुद्धिजीवी मोर्चाको अध्यक्षमा नवीन महतो र इन्चार्जमा उदयचन्द्र साह, आम मुस्लिम मोर्चाको अध्यक्षमा लालबाबु मन्सुरी र इन्चार्जमा इस्लाम हवारीलाई जिम्मेवारी दिएको छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
