एनपीएलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले दुई अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा १३३ रनमा समेटिएको हो।
शनिबारको दोस्रो खेलमा कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टाले अर्धशतक प्रहार गरे। देव ४८ बलमा ५३ र बोसिस्टा ४९ बलमा ६६ रनमा आउट भए।
अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। ९ रनमा २ विकेट गुमाएको कर्णालीको ब्याटिङ देव र बोसिस्टोले सम्हालेका थिए। कर्णालीले अन्तिम ओभरमा ४ विकेट गुमाउन पुग्यो।
बलिङमा विराटनगरका प्रतीश जिसीले ४, क्रिस सोल र बसिर अहमदले २–२ र अकिव इल्यासले एक विकेट लिए।
अहिले विराटनरले जवाफी ब्याटिङ गरिरहेको छ। दुई खेलमा हार र एक खेलमा जित निकालेका दुवै टोली दोस्रो जितको खोजीमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
