नेपालगन्ज म्याराथनको दशौँ संस्करणको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले र महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेका छन्।
काठमाडौँ– नेपालगन्ज म्याराथनको दशौँ संस्करणको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन्। शनिबार भएको प्रतियोगितामा खड्काले ४२.१९५ किलोमिटरको दौड दुई घण्टा १७ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन्। खड्का गत संस्करणका उपविजेता र त्यसभन्दा अघिल्लो संस्करणका विजेता हुन्।
सेनाकै राजन रोकाया र सुशील कुमार क्रमशः दोस्रो र तेस्रो भए।रोकायाले दुई घण्टा १७ मिनेट ५३ सेकेन्डमा निर्धारित दूरी पार गर्दा शाहीले दुई घण्टा २१ मिनेट ४५ सेकेन्ड लगाए। विजेताले क्रमशः दुई लाख, एक लाख र पचास हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
त्यस्तै, नेपालगन्ज महिला हाफ म्याराथनको उपाधि लगातार चौथो पटक सन्तोषी श्रेष्ठले जितेकी छन्। पुष्पा भण्डारी दोस्रो र विमला कार्की तेस्रो भए। उनीहरूले क्रमशः नगद ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार प्राप्त गरे।
सन्तोषीले एक घण्टा १७ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पार गरिन्। दोस्रो भएकी भण्डारीले निर्धारित दूरी एक घण्टा १९ मिनेट १२ सेकेन्डमा पूरा गर्दा तेस्रो भएकी विमला कार्कीले एक घण्टा ४९ मिनेट १५ सेकेन्ड र चौथो भएकी स्वस्तिका शाहीले एक घण्टा ५२ मिनेट ३४ सेकेन्ड लगाए।
पुरुषतर्फ म्याराथन र महिलातर्फ हाफ म्याराथनसहित पाँच किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन, पाँच किमी कर्पोरेट रन, पाँच किमी ट्राइसाइकल र पाँच किमी वाकाथन लगायतका विधाहरू समावेश गरिएको थियो। नेपालगन्ज उपमहानगरको गेटबाट शुरू भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई शुरूआती बिन्दुमा पुगेर समापन हुने म्याराथन कोर्स निर्धारित गरिएको थियो।
सरकार र तत्कालीन विद्रोही माओवादीबीच २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस वर्ष मंसिर २२ गते आयोजना गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
