देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

तराई तथा उपत्यकाहरूका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

तराई तथा उपत्यकाहरूका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ। 

यसैगरी, राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागमा साधारणदेखि पूर्णतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।